२४ जनामा कोरोना पुष्टि समृद्ध समाज संवाददाता - April 23, 2021 हेटौंडाः मकवानपुरमा शुक्रबार २ वर्षीय बालकसहित २४ जनामा कोरोना पुष्टि भएको छ । ४१ जनाको पिसिआर र २२ जनाको एन्टेजेन परीक्षण गर्दा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।