Home समाज एकीकृत अखिल नेपाल शिक्षक संगठनको गाउँपरिषद भेला

एकीकृत अखिल नेपाल शिक्षक संगठनको गाउँपरिषद भेला

हेटौंडाः एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर गढी गाउँपालिकाको प्रथम गाउँपरिषद भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले यादवप्रसाद अधिकारीको अध्यक्षतामा १५ सदस्यीय संगठनको गाउ कमिटी पुनर्गठन गरेको छ ।

संगठनको गाउँ कमिटी अध्यक्ष यादवप्रसाद अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष गोकुल लम्सालको प्रमुख आतिथ्यता थियो । संगठनका जिल्ला सचिव कृष्णप्रसाद खनालको विशेष आतिथ्यता रहेको भेलामा संगठनका राहत शिक्षक जिल्ला इन्चार्ज विष्णुप्रसाद न्यौपानेको आतिथ्यता थियो ।

जनता माध्यमिक विद्यालय सुकौरामा भएको भेलामा अतिथिहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । पुनर्गठित गाउँ कमिटी अध्यक्ष अधिकारीले सांगठनिक प्रतिवद्धता जनाउनुभएको थियो ।

Exit mobile version