Home खेलकुद हेटौंडा क्याम्पसमा भलिबल, बिएड प्रथम वर्षलाई उपाधि

हेटौंडा क्याम्पसमा भलिबल, बिएड प्रथम वर्षलाई उपाधि

रेफ्रीको भूमिका निर्वाह गर्नुहुने शिक्षकलाई बल हस्तान्तरण गरेर खेलको सुरुवात गर्नुहुँदै हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख देवीराम लामा (बायाँ) ।

हेटौंडाः नयाँ वर्ष २०७८ को अवसरमा हेटौंडा क्याम्पसमा छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न कक्षाका ७ वटा समूह सहभागी प्रतियोगितामा बिएड प्रथम विजयी भएको छ भने कक्षा १२ मानविकी समूह दोस्रो भएको छ ।

मङ्गलबार भएको फाइनल खेलमा बि एड प्रथम वर्षले कक्षा १२ मानविकीलाई २५–१७, २५–२२, २२–२५ र २६–२४ को सेटमा पराजित गरेको हेटौंडा क्याम्पसका स्वास्थ्य तथा खेलकुद शिक्षक दिपेन्द्र ढकालले जानकारी दिनुभएको छ । प्रतियोगितामा बिएड प्रथम वर्षका अजय माझी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रथम र दोस्रो हुने समूहलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको अतिरिक्त क्रियाकलाप समितिका संयोजक मनोज पोखरेलले बताउनु भएको छ । पुरस्कार वितरण समारोहमा हेटौंडा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष कमानसिंह पाख्रिन, सदस्य प्रदीप कोइराला, क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख देवीराम लामा लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version