Home मुख्य समाचार राप्रपा हेटौंडा नगर अध्यक्षमा प्रेमलाल श्रेष्ठ सर्बसम्मत

राप्रपा हेटौंडा नगर अध्यक्षमा प्रेमलाल श्रेष्ठ सर्बसम्मत

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टीको हेटौंडा नगरको शनिबार देखि जारी नगर अधिबेशनले अध्यक्षमा हेटौंडा–२ का प्रेमलाल श्रेष्ठलाई सर्बसम्मत चयन गरेको छ । श्रेष्ठको अध्यक्षतामा शनिबारदेखि संचालन भएको अधिबेशनको बन्द सत्रले २१ सदस्यीय कार्य समिती निर्बिरोध चयन गरेको हो ।

समितिको सदस्यहरुमा कबिन्द्रराज भट्टराई, नबराज पौडेल, बिशभ अधिकारी, गुरु प्रसाद सापकोटा ,उदयनारायण दङ्गाल, केशब प्रसाद तिमल्सिना, राजुबाबु श्रेष्ठ, इन्दिरा बानियाँ, ध्रुब प्रसाद सन्जेल, भगवान बर्तौला, होम बहादुर थापामगर, टीका कार्की चौरेल, गुन्जन बहादुर न्यौपाने, लक्ष्मण दाहाल, सागर थापा, टिकाबल्लभ ढुङ्गाना, सरस्वती कुमारी थिङ्ग, ध्रुब बहादुर गिरि, हिरा चौरेल, उर्मिला घिमिरे रहेका छन् ।

नब निर्बाचित समितिलाई पार्टीका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, बालकृष्ण कार्की, रामहरी न्यौपाने, निवर्तमान नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, दामोदर वाग्ले लगायतले बधाई शुभकामना दिएका थिए भने नबनिर्वाचित अध्यक्ष प्रेमलाल श्रेष्ठले राप्रपालाई बलियो शक्ति बनाउन आफुले सकेको योगदान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Exit mobile version