हेटौँडा: बागमती प्रदेशको राजधानी हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आज संकटा क्लब र मच्छिन्द्र क्लबबीचको खेल हुनेछ ।
खेलको विजेता प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्नेछन् । यसअघि मकवानपुर–११ र नेपाली आर्मी क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ । खेलको फाइनल खेल चैत्र ७ गते हुनेछ ।
खेलको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन् ।