Home खेलकुद स्थानीय तह शहीद स्मृति गोल्डकपको तयारी पूरा

स्थानीय तह शहीद स्मृति गोल्डकपको तयारी पूरा

हेटौंडाः मकवानपुरको हेटौंडामा भोलि बिहीबारबाट सुरु हुने स्थानीय तह शहीद स्मृृति गोल्डकप फुटबलको तेस्रो संस्करण २०७७ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको आयोजक मकवानपुर जिल्ला फुटबल संघ रहेको छ ।

प्रतियोगिताको लागि आयोजकले ४ हजार जनाले खेल हेर्न सक्नेगरी मैदानमा फलामको प्याराफिटको निर्माण गरेकोे छ । चौरको सतह मिलाइएको छ भने चौरमा पानी हालेर हरियाली बनाइएको छ ।

मकवानपुर जिल्ला फुटबल संघले फागुन २७ गतेबाट चैत्र ७ गतेसम्म हुने प्रतियोगितामा दर्शकलाई टिकटको व्यवस्था गरेको छ । उद्घाटन खेल हुने दिनबाटै दर्शकले खेल हेर्न टिकट काट्नुपर्नेछ । नकआउट चरणमा प्रतिव्यक्ति एस सय रुपैयाँ, सेमिफाइनलमा प्रतिटिकट २ सय रुपैयाँ र फाइनल खेल हेर्न ३ सय रुपैयाँ टिकटको मूल्य तोकिएको छ ।

खेलकुदको माध्यमबाट शहीदहरुप्रति सम्मान प्रकट गर्ने, स्थानीय तहमार्फत् खेलको विकास गर्ने, मकवानपुरे खेलाडीहरुको क्षमता प्रष्फुटन गर्ने, खेल क्षेत्रबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हेटौंडालाई चिनाउन खेलकुद प्रतियोगिता गरिँदै आएको मकवानपुर जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामाले जानकारी दिनुभयो ।

प्रतिदिन खेल खेल्ने टिमलाई नगद १० हजार तथा अन्तर्राष्ट्रिय टिमले खेल खेलेको दिन १ लाख आयोजकले उपलब्ध गराउने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागत उत्कृष्ट खेलाडीले २५ हजार, म्यान अफ दि म्याचले दश हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रतियोगिताका लागि मकवानपुरका विभिन्न दशवटा स्थानीय तहले प्रायोजन गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले १५ लाख तथा थाहा नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै बागमती गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका, ईन्द्रसरोबर गाउँपालिका, कैलाश गाउँपालिका र मनहरी गाउँपालिकाबाट ५–५ लाख रुपैयाँ सहयोग प्राप्त भएको मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष लामाले जानकारी दिनुभयो ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी विभिन्न दशवटा टिमले भाग लिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । हेटौंडा रिगल रिसोर्ट मकवानपुर, नेपाल आर्मी, एपीएफ क्लब, नेपाल पुलिस क्लब, जवलाखेल युथ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, बागमती युवा क्लब सर्लाही, नवजनजागृति युवा क्लब सिमरा र अफ्रिकन रुट्स एसोसिएनले गोल्डकपमा भाग लिनेछन् ।

Exit mobile version