Home खेलकुद हेटौंडा मेयर कपमा १० नम्बर वडा विजयी

हेटौंडा मेयर कपमा १० नम्बर वडा विजयी

मेयर कपको फाइनल विजेता हेटाडा १० नम्बर वडाको टिम

हेटौंडाः हेटौंडा मेयर कपको उपाधि हेटौंडा–१० ले जितेको छ । सोमबार भएको फाइनल खेलमा हेटौंडा–१८ लाई ५–० गोलअन्तरले हराउँदै वडा नम्बर १० विजयी भएको हो ।

खेलमा वडा नम्बर १० का बिके लामाले ह्याट्रिक गरेका थिए । यस्तै प्रितम स्याङबोले १ गोल गरेका थिए भने १ गोल वडा नम्बर १८ ले आफ्नै पोष्टमा गरेको थियो ।

वडा नम्बर १० ले नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको १८ नम्बर वडाले नगद १ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर १० का सुमन छुमि घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । फागनु १५ गतेबाट सुरु भएको हेटौंडा मेयर कपको समापन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगितामा हेटौंडाका १९ वटा वडाले सहभागिता जनाएको थिए ।

Exit mobile version