Home खेलकुद भीमफेदीमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न, लेकाली बसीफाँट प्रथम

भीमफेदीमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न, लेकाली बसीफाँट प्रथम

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको लेकाली बसीफाँट माविको टिम ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको प्राविधिक सहयोग तथा लाख बजेटमा महेन्द्र माध्यमिक विद्यालयले भिमफेदी—६ सिमलटारमा प्रतियोगिताको आयोजना गरिएको भीमफेदी गाउँपालिकाको शिक्षा शाखाका शैक्षिक सुपरीवेक्षक तथा प्रतियोगिताका प्राविधिक संयोजक गोविन्द चौलागाई जानकारी दिनुभएको छ ।

भीमफेदी गाउँपालिकामा रहेको ८ वटा माध्यमिक विद्यालय मध्ये ७ वटा विद्यालयले सहभागिता जनाएको थियो । २६ वटा खेलमा तीन सय २० जना खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा १० स्वर्णसहित लेकाली बसिफाँट मावि प्रथम हुन सफल भयो भने ९ स्वर्णसहित महेन्द्र मावि द्वितीय भएको छ । भलिबल पुरुषतर्फ लेकाली बसिफाँट र महिलातर्फ कृष्ण मावि प्रथम भएका छन् ।

शनिबार सम्पन्न भएको प्रतियोगिताको २६ विधाका उत्कृष्ट तथा विजेताहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगिताका विजेता, उपविजेताहरुलाई भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती रानाले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । २६ खेलमा विजेता तथा उपविजेता बनेका ७० जना खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

Exit mobile version