Home समाज रोटरीसँगको सहकार्यमा सिद्धार्थ बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा

रोटरीसँगको सहकार्यमा सिद्धार्थ बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा

हेटौंडाः संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा रोटरीसँग सहकार्य गरिरहेको सिद्धार्थ बैंकको हेटौंडा शाखाले मकवानपुरगढी गाउँपालिकामा विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच मकवानपुरगढी गाउँपालिका–५ स्थित अमरसिंह आधारभुत विद्यालयका ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । सिद्धार्थ बैंकको हेटौंडा शाखाका प्रबन्धक अर्पण सञ्जेलले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष शिरोमणि प्याकुरेल मार्फत विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको हो । न्यानो कपडा वितरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष जीतबहादुर घिमिरे, हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version