Home कला १७५ औं गजल यात्रामा गजल वाचन

१७५ औं गजल यात्रामा गजल वाचन

नियमित गजलयात्रालाई सम्बोधन गर्नुहुँदै साहित्यकार तुल्सी घिमिरे ।

हेटौंडाः गजल मञ्च मकवानपुरले १७५ औं गजल यात्राको अवसरमा गजल वाचन कार्यक्रम भएको छ । कार्यक्रका प्रमूख अतिथि साहित्यकार तुल्सी घिमिरेले नवसर्जक चौतारीलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । सहभागी विद्यार्थीहरुलाई नाराबाजीमा कहिले कलम चलाउन नहुने र कलम चलाउनु भनेको समाजका वेथिति र विङ्गतिमाथि बेजोड रुपमा प्रहार रहेको बताउनुभएको छ ।

गजल मञ्च मकवानपुरका उपाध्यक्ष सीएम रिमालको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा झरना साहित्यिक मकवानपुरका अध्यक्ष दीपक गौतम, सिस्नुपानी मकवानपुरका अध्यक्ष गणेश कुमार पौडेल, जनज्योति माविका सहायक प्रधानाध्यापक हरि पौडेल, गजलकार किसन पौडेल, साहित्यकार पुरुषोत्तम अचार्य, गजलकार चेतना रुवाली लगायत अन्य साहित्यकार, नाटककार र गजलकारहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version