Home खेलकुद युु–१३ फुटबल खेलाडी छनौट, मकवानपुरबाट ३२ जना छानिए

युु–१३ फुटबल खेलाडी छनौट, मकवानपुरबाट ३२ जना छानिए

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) को १३ वर्षभन्दा कम उमेर (यु–१३)का खेलाडी छनौट कार्यक्रम मकवानपुर जिल्लामा बिहीबार सम्पन्न भएको छ । मकवानपुरको हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा छनौट कार्यक्रम मंगलबारबाट सुरु भएको थियो ।

छनौट कार्यक्रममा सहभागी हुन २०६५ साल असोज १५ गतेदेखि २०६६ असोज १४ गतेसम्म जन्मेका किशोर खेलाडीहरुले जन्मदर्ता प्रमाणपत्र संलग्न गरी फारम भरेका थिए । छनौट कार्यक्रममा सहभागी भएका ७० जनाबाट ३२ जना छनौट भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले जानकारी दिनुभयो । छनौट भएका खेलाडीहरुलाई केही समयको प्रशिक्षणपछि एन्फामा लगिने बताइएको छ । विजयलाल श्रेष्ठ, सुविन घिमिरे र ज्ञानबहादुरको छनौट समितिले खेलाडी छनौट गरेको हो ।

Exit mobile version