Home मुख्य समाचार नेमकिपाको ४९ औं स्थापना दिवसमा हेटौंडामा पुस्तक प्रदर्शन

नेमकिपाको ४९ औं स्थापना दिवसमा हेटौंडामा पुस्तक प्रदर्शन

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य चोक बुद्धचोकमा मंगलबार पुस्तक प्रदर्शनी गरिएको छ । नेपाल मजदुर किसान पार्टीले मंगलबार आफ्नो ४९ औं स्थापना दिवसको अवसरमा बुद्धचोकमा पुस्तक प्रदर्शन गरेको हो ।

प्रदर्शनीमा विभिन्न क्रान्तिकारी पुस्तक, मजदुर किसानका कुराहरु समेटिएका पुस्तकका साथै मजदुरहरुको बारेमा लेखिएको पुस्तक तथा पत्रपत्रिकाहरु तथा अन्तराष्ट्रिय स्तरका पुस्तकहरु राखिएको छ ।

पुस्तक प्रदर्शनीमा नेमकिपा बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाई, सृजना सायजुको पनि उपस्थिति रहेको छ । पुस्तक प्रदर्शनी अहिले बुद्धचोकमा भइरहेको छ । प्रदर्शनीमा किताब किन्नका साथै निशुल्क पढ्न पाइन्छ ।

Exit mobile version