Home मुख्य समाचार मान्छे बोक्ने अटोमा गाँजा बोक्न थालेपछि प्रहरीको फन्दामा परे अटोचालक

मान्छे बोक्ने अटोमा गाँजा बोक्न थालेपछि प्रहरीको फन्दामा परे अटोचालक

हेटौंडाः हेटौंडामा मान्छे बोक्ने अटोमा लागूऔषध गाँजा बोक्न थालेपछि एक जना अटोचालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरीको टोलिले अटोचालक पर्सा जिल्ला घर भएको ४१ वर्षीय राजेन्द्र बहादुर दमाईलाई मंगलबार पक्राउ गरेको हो ।

हेटौंडा–१९ नेवारपानी स्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डमा मनहरी तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ना.२.ह.४१०९ नम्बरको अटोमा लागूऔष गाँजा ११ किलोसहित नेपाली ६७ हजार रुपैयाँ र भारतीय २५ सय रुपैयाँ प्रहरीले फेला पारेको थियो ।

अटो चालक दमाईले ल्याएको लागूऔषध गाँजा, पैसा र अटो प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

Exit mobile version