Home शिक्षा शैक्षिक सहयोग अक्षय कोषको साधारण सभा हुँदै

शैक्षिक सहयोग अक्षय कोषको साधारण सभा हुँदै

हेटौंडाः शैक्षिक क्षेत्रमा योगदान गर्ने उद्देश्यका साथ मकवानपुरमा स्थापना भएको शैक्षिक सहयोग अक्षय कोषको साधारणसभा आज शुक्रबार हुने भएको छ । अक्षय कोषका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बिहीबार बसेको बैठकले कोषको दोस्रो साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

शुक्रबार दिउँसो २ बजे सिद्धार्थ माविको सभा हलमा साधारण सभा आयोजना गर्ने निर्णय भएको अध्यक्ष खुलालले बताउनुभयो । गत वर्ष भदौ महिनाबाट सुरु भएको कोषमा हालसम्म ७ संस्थागत, ६ जना विशिष्ट, ६१ आजीवन, १ जना पारिवारिक र १८ जना साधारण सदस्य गरी ९३ जना आवद्ध हुनुभएको छ । संस्थामा हालसम्म सदस्यता वापत १० लाख ४५ हजार ६६८ रुपैयाँ जम्मा भएको उहाँले बताउनुभयो ।

संस्थाले यसै वर्षबाट जिल्लामा छात्रवृत्ति वितरण गर्ने योजना बनाएको समेत उहाँले बताउनुभयो । छात्रवृत्ति वितरणका लागि कार्यविधि तयार भएको र सोहि अनुसार कार्य अगाडि बढाइने उहाँले बताउनुभयो । बैठकमा संस्थाकी उपाध्यक्ष ईन्दिरा न्यौपाने, सचिव बद्री पाठक, कोषाध्यक्ष रामकृष्ण थापालगायत सदस्यहरुको उपस्थिती थियो ।

Exit mobile version