Home खेलकुद बौद्ध, चावहिल, भनिमण्डल र सानो गौचरण भेट्रान्स विजयी

बौद्ध, चावहिल, भनिमण्डल र सानो गौचरण भेट्रान्स विजयी

हेटौंडाः हेटौंडा भेट्रान्सको आयोजनामा हुप्रचौरमा जारी भेट्रान्स कप फुटबल प्रतियोगितामा मंगलबार चार खेल भएका छन् । मंगलबार भएको पहिलो खेलमा एबीसी भेट्रान्स पोखरालाई बौद्ध भेट्रान्स काठमाडौंले १–० गोलअन्तरले हराएको छ ।

अभिषेक चर्च नवलपरासीलाई चावहिल भेट्रान्स काठमाडौंले १–०, एक्स भेट्रान्स पोखरालाई भनिमण्डल भेट्रान्स काठमाडौंले २–० तथा सानो गौचरण काठमाडौंले मोरङ भेट्रान्सलाई २–० गोलअन्तरले पराजित गरेको प्रतियोगिताका संयोजक कविन सांगामीले जानकारी दिनुभएको छ । सोमबारबाट सुरु भएको प्रतियोगिता माघ १० गतेसम्म चल्ने छ । प्रतियोगिता नकआउटका आधारमा खेलाइएको छ । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ ।

Exit mobile version