Home मुख्य समाचार अपराध न्यूनीकरणमा अग्रसर हुने एसपी राठौर

अपराध न्यूनीकरणमा अग्रसर हुने एसपी राठौर

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौंरले मकवानपुरलाई अपराधमुक्त बनाउने बताउनुभएको छ । जिल्लामा हुने गरेको लागूऔषधको कारोबार तथा अन्य अपराध तथा सामाजिक विकृतीलाई न्यूनीकरण गर्न आफु अग्रसर हुने उहाँले बताउनुभएको छ ।

अपराध न्यूनीकरण गर्न पर्सा लगायत काठमाडौंमा समेत काम गर्नुभएको एसपी राठौरले मकवापनुरका पत्रकारसहँग सोमबार परिचयात्मक कार्यक्रम गर्नुभएको थियो । कार्यक्रममा उहाँले संचारजगतले सही समाचार संम्प्रेषण गर्नुपर्ने बताउनुभयो । अपराध न्यूनीकरण गर्न आम नागरिक, पत्रकार लगायत सबैको सहयोग आवश्यक भएकोले मिलेर अगाडि बढ्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version