Home मुख्य समाचार साइकल अभियन्ताद्वारा न्यानो कपडा तथा तथा स्टेशनरी सहयोग

साइकल अभियन्ताद्वारा न्यानो कपडा तथा तथा स्टेशनरी सहयोग

हेटौंडाः मकवानपुरगढी गाउँपालिका–५, रुम्वाडाँडा देउरालीस्थित उज्जवल आधारभूत विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरिएको छ । साइकल अभियानका सदस्यहरु चन्द्रकुमार मानन्धर, राजुु थापा सारु मगर, सूर्य थापा, जीवन तिमल्सिना, शम्भु गहतराज लगायतले शनिबार विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ ।

करिब ५५ हजार रुपैयाँ बराबरको सहयोग गरिएको साइकल अभियानका सदस्य नरेश राजभण्डारीले जानकारी दिनुभयो । पर्यावरण, वातावरणका साथै स्वस्थ जीवनका लागि साईकल भन्ने नाराका साथ यसरी साइकल अभियन्ताहरुले मकवानपुर जिल्लामा विविध कार्यक्रम गर्दै आइरहेको छ ।

Exit mobile version