Home मुख्य समाचार मकवानपुरगढी गाउँपालिकामा कृषि प्राविधिकहरुलाई तीनदिने क्षमता अभिवृद्धि तालिम

मकवानपुरगढी गाउँपालिकामा कृषि प्राविधिकहरुलाई तीनदिने क्षमता अभिवृद्धि तालिम

हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा कार्यरत कृषि प्राविधिकहरुलाई क्षमता अभिवृद्धि तालिम बुधबारबाट सुरु गरिएको छ । समय सापेक्ष अनुसार क्षमता अभिवृद्धि गर्न तीनदिने तालिम सुरु गरिएको मकवानपुरगढी गाउँपालिका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ । कृषि प्राविधिकहरुलाई क्षमता अभिवृद्धि तालिम मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको हो ।

मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाले पहिलो दिन तालिमको उद्घाटन गर्नुभएको हो । सहजीकरण कार्यक्रममा कृषि प्रचार सेवा, रोग व्यवस्थापन, खाद्यान्न, फलफूल र तरकारी सेवा उपलब्ध सम्बन्धी सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको कृषि मकवानपुरगढी गाउँपालिका कृषि प्राविधिक चौधरीले जानकारी दिनुभएको हो । पहिलो दिन कृषि ज्ञान केन्द्र चितवनका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्री र दोस्रो दिन मकवानपुरगढी गाउँपालिका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले सहजीकरण गर्नुभएको छ । कृषकहरुको उचित सेवा सुविधालाई मध्यनजर गरेर गरिएको कार्यक्रममा अन्तिम दिन मकवानपुरगढी गाउँपालिकाकृषि प्राविधिक चौधरीले सहजीकरण गरेर समापन गरिने छ ।

Exit mobile version