Home मुख्य समाचार एकदलिय शासन लागू गर्न खोजियोः देउवा

एकदलिय शासन लागू गर्न खोजियोः देउवा

हेटौंडाः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको कम्युनिष्ट सरकारले एकदलिय शासन व्यवस्था लागू गर्न खोजेको बताउनुभएको छ ।

सोमबार नेपाली कांग्रेसले देशभर सरकारको विरुद्ध विरोध प्रदर्शन गरेको छ । सोही क्रममा हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्नुहुँदै उहाँले ओलि सरकारले एकलौटि शासन गर्न खोजेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलिकै कारण देशमा राजा आउ भन्ने नाराहरु सुनिन थालेको बताउनुभयो ।

कोरोना सङ्त्रमणका कारण देशमा जनताले उपचार नपाएको, कोरोना परीक्षण नबढाएको तथा महामारी नियन्त्रण भन्दा पार्टि र कुर्सिको लडाइमा सरकार फसेको उहाँले बताउनुभयो । उहाँले कोरोनाको कारण जनताले खान नपाएको तथा रोजगारी गुमेको भन्दै जनतामा वितृष्णा फैलिएको बताउनुभयो । जनताले गणतन्त्रलाइ विश्वास हुने खालको काम अहिलेको सरकारले गर्न नसकेको भन्दै सरकारलाई दबाब सिर्जना गर्न प्रदर्शन गर्नुपरेको बताउनुभयो ।

Exit mobile version