Home मुख्य समाचार विद्युतीय सवारी सञ्चालनका लागि रुट निर्धारण

विद्युतीय सवारी सञ्चालनका लागि रुट निर्धारण

साङ्केतिक तस्बिर goole.com

हेटौंडाः बागमती प्रदेश सरकारले आगामी भदौबाट प्रदेशका मुख्य सहरमा विद्युतीय बस चलाउने तयारी थालेको छ । विद्युतीय बस सञ्चालनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन गरेको छ । मन्त्रालयले बोर्डका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सहदेव भण्डारीलाई दिएको छ । बोर्डमा कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशक दुई जनाको पदपूर्तिका लागि मन्त्रालयले विज्ञापन गरिसकेको छ ।

चार्जिङ स्टेशन निर्माण गर्न र विद्युतीय बस ल्याउन कम्तीमा आठ महिना लाग्ने भएकाले नौ महिनाभित्र विद्युतीय बस चलाउने योजना बनाइएको बोर्डका निमित्त कार्यकारी निर्देशक भण्डारीले जानकारी दिनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयसँग १० करोड रकम माग गरेर पठाएको पनि उहाँले बताउनुभएको छ । पहिलो चरणमा प्रदेशको राजधानी हेटौंडासहित प्रदेशका मुख्य सहरहरु धुलिखेल, भरतपुर, काठमाडौं उपत्यका, नुवाकोट र सिन्धुलीमा विद्युतीय बस सञ्चालनका लागि सातवटा रुट तय गरिएको छ । काठमाडौंको रिङरोड, बूढानीलकण्ठ–सातदोबाटो, हेटौंडा–चितवन, काठमाडौं–नुवाकोट, हेटौंडा–नुवाकोट, धुलिखेल–काठमाडौं, हेटौंडा–सिन्धुली, हेटौंडा–चितवन–काठमाडौंलगायत रुट निर्धारण गरिएको छ ।

Exit mobile version