Home कला पिएम सेन्टरमा स्वर सम्राटको स्मृति

पिएम सेन्टरमा स्वर सम्राटको स्मृति

हेटौंडाः स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवसको दिन शुक्रबार हेटौंडास्थित पिएम सेन्टरले स्वर सम्राट नारायण गोपालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले गाउनुभएको गीतहरु प्रस्तुत गरेको छ ।

पिएम सेन्टरका सञ्चालक प्रमेन्द्र महर्जनसहित अनिल श्रेष्ठ, सुनिता शर्मा लुइटेल, बाबु क्षेत्री, शरणकुमार महत, श्याम तिवारी, घनश्याम ढकाल, राजकुमार रसाईलीले नारायण गोपालले गाउनुभएका तिम्रो जस्तो मुटु मेरो पनि, कसरी म भुलेँ केमा भुलेँ, तिमीलाई म के भनुँ, यति धेरै माया दिई, केही मिठो बात गर, गैरीखेतको तिरै हान्यो, तिम्रो मनमा लुकेको कुरा, पिरतीको मिठो तिर्सना बोलको गीत गाए ।

Exit mobile version