Home खेलकुद दोस्रो भेट्रान्स कप खेल्न हेटौंडाबाट दुई टिम सिमरा जाँदै

दोस्रो भेट्रान्स कप खेल्न हेटौंडाबाट दुई टिम सिमरा जाँदै

हेटौंडाः कोशेली एण्ड हुलास क्लबको आयोजनामा भोलि शनिबारबाट सिमरामा हुन लागेको दोस्रो भेट्रान्स कप २०७७ खेल्न हेटौंडाको दुई वटा टिम सिमरा जाने भएको छ ।

विभिन्न जिल्लाको १२ वटा टिम सहभागी हुने प्रतियोगितामा हेटौंडाबाट मकवानपुर भेट्रान्स क्लब र हेटौंडा फुटसल भेट्रान्स गरी २ वटा टिम सहभागी हुने मकवानपुर जिल्ला फुटबल संघका महासचिव युनाल मल्लले बताउनु भयो । प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा भेट्रान्स र हाम्रो फुटबल क्लब वीरगञ्ज खेल्ने मल्लले बताउनु भयो । हेटौंडा भेट्रान्स यसअघि पनि बारा जिल्लाको जीतपुरमा सम्पन्न भेट्रान्स फुटबल प्रतियोगिताको विजेता हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

Exit mobile version