Home स्थानीय ‘शिक्षाका कुरा’ रेडियो बहस, ‘मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकाका विद्यालय सञ्चालनमा समस्या’

‘शिक्षाका कुरा’ रेडियो बहस, ‘मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकाका विद्यालय सञ्चालनमा समस्या’

हेटौंडाः कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण २०७६ साल चैत ११ गतेदेखि लकडाउन घोषणा भएयता विद्यालय तथा विश्वविद्यालय तहको पठनपाठन नियमित हुने विषय अझै अन्यौल नै छ । सरकारले वैकल्पिक सिकाई सहजीकरण निर्देशिकादेखि हालै विद्यालय सञ्चालन कार्यढाँचा सार्वजनिक गरेको छ । आठ महिनापछि विद्यालय सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिने निर्णय संघीय सरकारले गरेको छ ।

सरकारले वैकल्पिक सिकाई सहजीकरण निर्देशिकाले सबैखाले विद्यार्थीलाई सिकाई सहजीकरण गर्न सकिने अवधारणा अगाडि सारे पनि मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकामा सिकाई सहजीकरण निर्देशिकाबमोजिम विद्यार्थीले सिकाईको अवसर पाएनन् । यसै सन्दर्भमा रहेर सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जको साप्ताहिक कार्यक्रम ‘शिक्षाका कुरा’ कार्यक्रमको मंसिर ९ गतेको अंकमा राक्सिराङ गाउँपालिका–८, देवीटारस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक राजु रेग्मी, शिक्षाका लागि राष्ट्रिय अभियानको सदस्य संस्था बाल कल्याण नेपालका कार्यक्रम व्यवस्थापक केदार आचार्य र शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरका संयोजक समेत रहनुभएका एस्टर बेञ्जामिन स्मृति संस्थाका कार्यक्रम संयोजक बुद्ध लामा सहभागी हुनुहुन्छ ।

केही सातादेखि शिक्षाका लागि राष्ट्रिय अभियान र रेडियो निकासको सहकार्यमा रेडियो कार्यक्रम ‘शिक्षाका कुरा’ को निर्माण तथा प्रसारण भइरहेको छ । मंसिर ९ गते मंगलबार साँझ ५ बजेको निकास सामुदायिक खबरपछि कार्यक्रम शिक्षाको कुरा सुन्न सक्नुहुनेछ । रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas,comमा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।

Exit mobile version