Home मुख्य समाचार सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

साधारणसभा समापनको अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत ।

हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभाको समापन कार्यक्रम आज भएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण कार्तिक १६ गतेबाट साधारणसभाको सुरुवात गरिएको थियो । सहकारीको कार्यालयमै साधारण सदस्यलाई उपस्थित हुन आव्हान गरी सहकारीको वार्षिक प्रतिवेदन वितरण गर्नुका साथै सेयर सदस्यहरुबाट आवश्यक सुझाव समेत सङ्कलन गरेर आज समापनको कार्यक्रम गरिएको सहकारीकी अध्यक्ष जानकी चौधरीले बताउनुभएको छ ।

साधारणसभाको समापन कार्यक्रम सहकारीकी अध्यक्ष जानकी चौधरीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको थियो । साधारणसभाको समापनको अवसरमा सहकारीले पूर्वसञ्चालक, ज्येष्ठ सेयर सदस्य, पूर्वकर्मचारी, कार्यरत कर्मचारी, सेयर सदस्य परिवारका विद्यार्थी, सेयर खरिदकर्ता, असल ऋणी, असल बचतकर्ता, पत्रकारलाई सम्मान समेत गरेको छ । साधारणसभाको समापन कार्यक्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, सहकारीका संस्थापक अध्यक्ष पूर्णबहादुर खनाल, निवर्तमान अध्यक्ष रणबहादुर कार्कीको पनि उपस्थिति रहेको थियो ।

तनि हजार ७० सेयर सदस्य भएको सहकारीको सेयर पुँजी दुई करोड ८४ लाख चार हजार रुपैयाँ रहेको छ । यस्तै २२ करोड ८० लाख ८८ हजार रुपैयाँ बचत सङ्कलन गरेको सहकारीले २१ करोड ६९ लाख छ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

Exit mobile version