Home मुख्य समाचार हेटौंडाको बालसुधार गृहलाई एड्भोकेसी फोरम प्रदेश नम्बर २ को सहयोग

हेटौंडाको बालसुधार गृहलाई एड्भोकेसी फोरम प्रदेश नम्बर २ को सहयोग


हेटौंडाः हेटौंडाको बालसुधार गृहलाई एड्भोकेसी फोरम नेपाल प्रदेश २ ले आज सहयोग गरेको छ । हेटौंडा–११ स्थित बालसुधार गृहलाई आज एक कार्यक्रमको आयोजना गर्दै कोभिड–१९ सँग सम्बन्धित सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा आज खेलकुद सामग्री (फुटबल, ब्याडमिन्टन, भलिबल, लुडो, क्यारेम बोर्ड), स्वास्थ्य सामाग्री (मास्क, स्यानीटाइजर), पुस्तक, हात्त धुने स्टेशन, शुद्ध पिउने पानि बनाउने मेशिन लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा एड्भोकेसी फोरम प्रदेश–२ का अध्यक्ष रामकुमार महाशेट, अधिवक्त कुमार प्रसाद थपलिया, अधिवक्ता दिपेन्द्र ढकाल लगायतको उपस्थिती रहेको थियो ।

Exit mobile version