हेटौँडाः हेटौँडामा विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्य संगम मकवानपुर र युग प्रकाश क्लब हेटौँडाको संयुक्त आयोजनामा हुन लागेको हो ।
प्रतियोगितामा सहभागी कविहरुले बढीमा दुइ सय शब्दसम्मको कविता लेख्नुपर्ने साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाले जानकारी दिनुभयो । प्रतियोगितामा कक्षा–१२ सम्मका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगिता कार्तिक २६ गते हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा हुने जनाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिने भएकोले त्रिभुवन माविमा रहेको महाकवि देवकोटाको अर्धकदको शालिकमा माल्यार्पण गरेर विद्यालय परिसरमै कार्यक्रमको आयोजना गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने तीन जनालाई दुइ हजार रुपैयाँ र प्रोत्साहनस्वरुप एक जनालाई एक हजार रुपैयाँसहित प्रमाण–पत्र प्रदान गरिने छ ।