तेक्वान्दो खेल सामग्री हस्तान्तरण गर्नुहुँदै वडा अध्यक्ष रामकृष्ण कोइराला ।

हेटौंडाः हेटौंडा–१६, हटियास्थित गैरिगाउँ तेक्वान्दो डोजाङलाई नगद तथा खेल सामग्री सहयोग गरिएको छ । तेक्वान्दो खेलाडीको ग्रेडिङको अवसर पारेर मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको पहलमा गैरिगाउँ तेक्वान्दो डोजाङलाई नगद तथा खेल सामग्री सहयोग गरिएको मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजी रत्न बज्राचार्यले जानकारी दिनुभएको छ ।

डोजाङलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोईरालाले ३० हजार रुपैयाँ बराबरको खेल सामग्री तथा नगद छ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यस्तै समाजसेवी नवराज न्यौपानेले २० हजार रुपैयाँ तथा जनवीर राईले दुई हजार पाँच सय रुपैयाँ बराबरको खेल सामग्री डोजाङ प्रमुख शिवहरि राईलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा तेक्वान्दो प्रशिक्षक माधव कोईराला, मकवानपुर जिल्ला तेक्वान्दो जिल्ला कार्यसमिति मकवानपुरका कोषाध्यक्ष ठाकुरनाथ सुवेदी, समिति सल्लाहकार तथा सिनियर खेलाडी भिम बहादुर राउत, सिनियर खेलाडि पवन अगस्तीको पनि उपस्थिति रहेको थियो ।