भलिबल टिमलाई ट्र्याक हस्तान्तरण गरिँदै ।

हेटौंडाः बुधबारदेखि हेटौंडामा सुरु हुँदै गरेको नगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने टिमलाई ट्र्याक सहयोग गरिएको छ । तेस्रो संस्करणको नगर कप भलिबल प्रतियोगितामा सहभागी हुन लागेको टिमलाई व्यवसायी कुमार पोखरेलले ट्र्याक सहयोग गर्नुभएको हो ।

हेटौंडा उपमहानगरपालिकाको १९ नम्बर वडाका १३ जना खेलाडीलाई १७ हजार रुपैयाँको लागतमा ट्र्याक सहयोग गरिएको हो । १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदीमार्फत टिम प्रशिक्षक बिदुर सिटौलालाई ट्र्याक हस्तान्तरण गरिएको हो ।