हेटौंडाः मकवानपुर प्रहरीले १ सय ४ किलोग्राम गाँजासहित ३ जना युवाहरुलाई पक्राउ गरेको छ । प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्रहरी साहायक निरिक्षक हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा आज बिहान ३ बजे मनहरी गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटोमा पक्राउ परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–९ का २६ वर्षीय कपिल भन्ने रुप खड्का ठकुरी, सोही स्थानका ३० वर्षीय टलक बहादुर घलान र २७ वर्षीय मदन कोईराला रहेका छन् । उनिहरुले बोकेर ल्याएको प्लास्टिकको बोराको भारी चेकजाँच गर्दा १ सय ४ किलो लागूऔषध गाँजा फेला परेको प्रहरी नायब रानाले जानकारी दिएको छ । अहिले थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।