Home मुख्य समाचार विश्व शान्तिको कामना गर्दै स्काउटको दौड

विश्व शान्तिको कामना गर्दै स्काउटको दौड

विश्व शान्तिको कामना गर्दै शान्ति दौडमा सहभागी हेटौंडा ओपन स्काउट क्र्युका रोभर लिडर अशोक सारु मगर ।

हेटौंडाः विश्व शान्ति दिवसको अवसरमा विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले हेटौंडामा शान्ति दौडको आयोजना गरेको छ । आज बिहान हेटौंडा–१५, रातोमाटेबाट नेपाल स्काउटको हेटौंडा ओपन स्काउट क्र्युका रोभर लिडर अशोक सारु मगरले करिब ७ किलोमिटरको यात्रा तय गरी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई भेटेर शान्तिको सन्देश अभियान र स्काउट कार्यक्रमका बारेमा जानकारी विश्वशान्ति झण्डा हस्तान्तरण गर्नुभएको छ ।

धावक अशोक सारु मगरलाई स्काउटका अन्य पदाधिकारीले स्कर्टिङ गरेका थिए । शान्ति झण्डा ग्रहण गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्व शान्ति दिवसको शुभकामना दिनुहुँदै स्काउटको कार्यक्रम विकास र शान्ति निर्माण प्रक्रियामा प्रदेश सरकारको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । विश्व शान्ति दिवसकै अवसरमा नेपाल स्काउट मकवानपुरले हेटौंडा–५ मा वृक्षरोपण समेत गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँको उपस्थितिमा वृक्षरोपण गरिएको हो ।

Exit mobile version