Home मुख्य समाचार खुल्ला बालकविता प्रतियोगितामा जिएसका समर्पण प्रथम

खुल्ला बालकविता प्रतियोगितामा जिएसका समर्पण प्रथम

हेटौंडाः राष्ट्रिय बालदिवसको अवसरमा आज भएका खुल्ला बालकविता प्रतियोगितामा जिएस निकेतन माविमा अध्ययनरत कक्षा ७ का छात्र समर्पण न्यौपाने प्रथम भएका छन् ।

हेटौंडा उपमहानगरपालिको आयोजना तथा सामुदायिक रेडियो रेडियो निकास ९३.४ मेघाहर्जको संयोजनमा भएको खुल्ला बालकविता प्रतियोगितामा नगरका १२ विद्यालयका १६ जना बालबालिकाहरुले सहभागिता जनाएका थिए ।

समाजमा बालबालिकाको भूमिका विषयमा आज भएको खुल्ला बालकविता प्रतियोगितामा ब्रह्मदिक एकेडिमीका कक्षा ५ की कृष्मा लौडारी द्धितिय र प्रगति माविका कक्षा १० की इशा महत तृतीय भएकी छन् । क्रमश प्रथम, द्धितिय र तृतीय हुनेले ३ हजार रुपैयाँ, २ हजार र १ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै आज भएको प्रतियोगिामा बालजागृति युवा वर्ष माविका कक्षा ६ की रुविका पराजुली र सिद्धार्थ माविका कक्षा १० का सर्वज्ञरत्न खतिवडा भने सान्त्वना भएका छन् ।

१६ जना बालबालीकाहरुले आफ्नो कविता बाचन गरेर पठाएको अडियो रेकर्ड तथा उनीहरुले लेखेर पठाएको कविताको मुल्यांकन निर्णँकहरु साहित्य संगम मकवानपुरका अध्यक्ष निमेश निखिल, हेटौंडा क्याम्पसका प्राध्यापक मनोज पोखरेल तथा सहित्यकार भावना सापकोटाले गर्नुभएको थियो ।

Exit mobile version