Home मुख्य समाचार विपी जयन्तीको अबसरमा फुड बैंकलाई सहयोग

विपी जयन्तीको अबसरमा फुड बैंकलाई सहयोग

हेटौंडाः खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबलाई आज बाग्मती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले सहयोग गर्नुभएको छ । १०७ औं बिपि जयन्तीको अबसरमा आज ५० परिवारलाई पुग्ने २५ हजार रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गर्नुभएको क्लबका सल्लाहकार विशालराज महतले जानकारी गराउनुभयो ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद लामिछाने, कांग्रेस नगर सभापति आनन्दराम पराजुली, तरुणदल हेटौँडा नगर अध्यक्ष सुनिल गिरी लगाएतको उपस्थिति थियो । त्यस्तै भोलि सानोपोखराको फुड बैंकलाई बाल जागृती बोर्डिङ स्कुलका शिक्षिका उर्मिला राई र व्यवसायी भुमीनन्दन गौतमले खाद्यान्न हस्तान्तरण गर्ने कार्यक्रम रहेको क्लबका महतले बताउनुभयो ।

हेटौंडा–५, सानोपोखरामा क्लबले सञ्चालन गर्दै आएको फुडबैंकबाट आज ५० परिवारलाई खाद्यान्त लगेका छन् ।

Exit mobile version