हेटौंडाः हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्डबाट ८८ जना र मनहरी गाउँपालिकाबाट १० जना गरी आज ९८ जनाको स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गरेर परीक्षणका लागि हेटौंडा—१० स्थित प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको छ ।

आज हेटौंडा—४ कर्राको आइसोलेसनबाट ७९ जनाको नयाँ र ९ जना कोरोना सङ्क्रमितको पुनः परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । यस्तै मनहरी गाउँपालिकाबाट आज ३ जना पुरुष, ६ जना महिलाको नयाँ स्वाब र एक जना कोरोना सङ्क्रमितको पुनः परीक्षणका लागि स्वाब सङ्कलन गरिएको गाउँपालिकाका सिनियर अहेब ज्योतिराज लुइटेलले जानकारी दिनुभयो ।