Home खेलकुद कभर्डहलका लागि ४० बोरा सिमेन्ट सहयोग

कभर्डहलका लागि ४० बोरा सिमेन्ट सहयोग

हेटौंडा–५, पिप्लेमा निर्माणाधीन कभर्डहल ।

हेटौंडाः हेटौंडा–५, पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्डहल निर्माणका ४० बोरा सिमेन्ट सहयोग प्राप्त भएको छ ।

जन्मदिनको अवसरमा न्यु हटिया ट्रेडर्सका सञ्चालक सन्दिप सापकोटाले १० बोरा सिमेन्ट, हेटौंडा–१०, राप्तीरोडस्थित न्यु फेसन पार्कका सञ्चालक शान्त श्रेष्ठले १० बोरा सिमेन्ट, राजदेवी ढुवानी सेवाका सञ्चालक गोविन्द प्रसाद दाहालले १० बोरा सिमेन्ट र हेटौंडा–१७ का मुनालराज न्यौपानेले १० बोरा सिमेन्ट गरी ४० बोरा सिमेन्ट सहयोग गरेका हुन् ।

हरेक दिनजसो प्राप्त हुने यस्तै सहयोगबाट कभर्डहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले बताउनुभएको छ । पिप्ले युवा क्लबको अग्रसरतामा बहुउपयोगी कभर्डहल निर्माण भइरहेको छ ।

Exit mobile version