Home कला आँचलको नियमित भेटमा ‘प्रभा’का पाँच कविता

आँचलको नियमित भेटमा ‘प्रभा’का पाँच कविता

हेटौंडाः आँचल साहित्य कला पुञ्ज मकवानपुरले आफ्नो मासिक नियमित भेटघाट जुममार्फत शनिबार सम्पन्न गरेको छ । संस्थाले सो अवसरमा मकवानपुरमा क्रियाशील पत्रकार तथा कवि शुभलक्ष्मी ‘प्रभा’ का पाँच कविता सुनेर अन्तरक्रिया गरेको छ ।

आँचल साहित्य कला पुञ्जकी संस्थापक अध्यक्ष मुना अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार शान्ति प्रियवन्दना, देवकी तिमल्सिना, नीरा शर्मा, सविता तिमल्सिना, भवानी तिमल्सिना, अर्चना दाहाल, एलिजा पुडासैनी, ज्योत्सना श्रेष्ठ, बगेकी गंगा, अनु रोक्का, शुभद्रा हुमागाई, चण्डिका गौतमले रचना वाचन गर्नु भएको थियो ।

पुञ्जले हरेक महिनाको तेस्रो शनिबार गर्ने कार्यक्रममा महिला साहित्यकारहरू मात्र सहभागी गराउने आँचलकी सचिव भावना सापकोटाले जानकारी दिनुभयो । आँचलकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

Exit mobile version