Home मुख्य समाचार फुडबैंकः एक व्यक्ति एक दिन सहयोग

फुडबैंकः एक व्यक्ति एक दिन सहयोग

हेटौंडाः हेटौंडा–५ सानोपोखरामा खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालनमा ल्याएको फुड बैंकले एक व्यक्ति एक दिन सहयोग कार्यक्रमको अवधारणा आत्मसात गरेको छ । बिहीबारबाट सुरु भएको उक्त कार्यक्रममा एक जना सहयोगीले एक दिन खाद्यान्न लगायत अन्य सामग्री क्लबलाई हस्तान्तरण गरेर वितरण गर्नेछ ।

आज मकवानपुर फुटबल संघका पूर्व उपाध्यक्ष एवम् एफसी ईन्टरनेट क्लबका अध्यक्ष मनिष श्रेष्ठको तर्फबाट राजेन्द्र श्रेष्ठले क्लबलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको क्लबका सल्लाहकार विशालराज महतले जानकारी गराउनुभयो । यस्तै भोलि नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले क्लबलाई सहयोग गर्ने भएको महतले बताउनुभयो । यसअघि एक व्यक्ति एक दिन सहयोग कार्यक्रम अन्तर्गत २ जनाले सहयोग गरिसकेका छन् ।

खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालनमा ल्याएको फुड बैंकबाट आज ३० परिवारले खाद्यान्न लिएर गएका छन् । फुड बैंकबाट शनिबार २५ परिवारलाई खाद्यान्न वितरण गरिएको थियो । शनिबार गोमा फार्मेसीका प्रोप्राईटर अमित आचार्य र अनिष सुवेदीले खाद्यान्न सहयोग गर्नुभएको थियो ।

Exit mobile version