Home मुख्य समाचार करेन्ट लागेर मनहरीका ओम कुमारको मृत्यु

करेन्ट लागेर मनहरीका ओम कुमारको मृत्यु

गुगल तस्विर ।

हेटोैडाः मनहरी गाउँपालिका–६ मा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गएराति घरमा पङ्खाको तार प्लगमा जोड्न खोज्दा करेन्ट लागेर स्थानीय २४ वर्षीय ओम कुमार मोक्तानको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

आज बिहान शवको पोष्टमार्टम गर्न हेटौंडा अस्पताल ल्याइएको मनहरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोपिलाल मुक्तानले जानकारी दिनुभयो ।

Exit mobile version