Home मुख्य समाचार बागमती गाउँपालिकामा ३९ जनाको स्वाब सङ्कलन

बागमती गाउँपालिकामा ३९ जनाको स्वाब सङ्कलन

फाइल तस्बिर

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाले कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गरी कोरोना परीक्षणका लागि ३९ जनाको स्वाब सङ्कलन गरेको छ । बागमती गाउँपालिकाको विभिन्न वडामा कोरोना सङ्क्रमितहरुको सम्पर्कमा आएका २ जना महिला र ३७ जना पुरुष गरी ३९ जनाको स्वाब सङ्कलन गरी आज हेटौंडा पठाइएको बागमती गाउँपालिका स्वास्थ्य प्रमुख दिनेश गुप्ताले जानकारी गराउनु भयो ।

बागमती गाउँपालिकामा हालसम्म २ जना कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमित दुबैजना कोरोनामुक्त भइसकेको स्वास्थ्य प्रमुख गुप्ताले जानकारी दिनुभयो । बागमती गाउँपालिका अहिले कोरोना सङ्क्रमित शून्य पालिका बनेको छ । त्यसैगरी बागमती गाउँपालिकाको वडा नम्बर ८ स्थित जनता माध्यमिक विद्यालयको क्यारेन्टिनमा १ जना र १ जना होम क्वारेन्टिनमा रहेको बागमती गाउँपालिकाका स्वास्थ्य प्रमुख दिनेश गुप्ताले जानकारी गराउनु भयो ।

Exit mobile version