Home मुख्य समाचार एस्ट्रोनोभामा समर स्टिम क्याम्प तथा एक्स्पो २०८३ हुने

एस्ट्रोनोभामा समर स्टिम क्याम्प तथा एक्स्पो २०८३ हुने

कार्यक्रमबारे जानकारी दिँदै आयोजक ।

हेटौँडा : हेटौँडास्थित एस्ट्रोनोभा फाउण्डेसनद्वारा सञ्चालित अनुसन्धान तथा आविष्कार केन्द्रले समर स्टिम क्याम्प तथा एक्स्पो २०८३ गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै फाउण्डेसनले आफ्नो तेस्रो संस्करणको क्याम्प तथा एक्स्पो २०८३ बारे जानकारी दिएको हो ।

हेटौँडा उपमहानगरपालिकाको समन्वय तथा आर्थिक सहयोगमा आगामी बैशाख ९ गतेदेखि ४५ दिनसम्म हेटौँडा–५, लट्टीनाथमार्गस्थित फाउण्डेसनको आफ्नै परिसरमा क्याम्प हुने भएको छ । यसपछि हुने एक्स्पोको मिति र स्थान भने पछि तय गरिने फाउन्डेसनका व्यवस्थापकीय निर्देशक आयुष बस्नेतले जानकारी दिनुभयो । क्याम्पमा हेटौँडा उपमहानगरपालिकाभित्रका ६ कक्षादेखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने छन् । यस क्याम्पमा विशेषगरी एसइइ दिने विद्यार्थीलाई प्राथमिकतामा राखिने समेत आयोजकले जनाएको छ । विज्ञान, प्रविधि, इनिजनियरिङ तथा गणित अन्तर्गतका क्षेत्रमा अब्बल प्रतिभा भएका विद्यार्थीहरुले यि विषयलाई व्यवहारिक तथा समास्या हल गर्नेतर्फ उन्मुख गराउने उद्देश्यले ३० दिन कक्षा सञ्चालन गर्ने र १५ दिन समस्या समाधानका लागि सिर्जनात्मक परियोजनामा सामेल हुने फाउण्डेसनले जनाएको छ ।

उक्त अवधिमा सहभागी विद्यार्थीहरुले आफ्नो रुचि अनुसार रोबोटिक्स, कोडिङ, गणित, साहित्य, इन्जिनियरिङ लगायतका विषयहरुमध्ये कुनै एक वा दुइ विषय छनौट गरी अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । यि विषयहरुमा चासो तथा क्षमता परीक्षण मार्फत छानिएर प्रत्येक विधामा १५ जना विद्यार्थीका दरले कुल १५० जना विद्यार्थीहरुलाई प्रर्ण छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । यस क्याम्पमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञान मेलाहरुमा प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर दिइने समेत अध्यक्ष बास्तोलाले जानकारी दिनु्भयो ।

नवप्रर्वतन तथा प्रविधिको प्रयोगात्मक ज्ञानको अभिवृद्धि गर्ने उद्देश्यले क्याम्प गर्न लागिएको फाउण्डेसनका संस्थापक अध्यक्ष किसन बास्तोलाले बताउनुभयो । परिवर्तनशील विश्व परिवेशमा शिक्षा प्रणाली केवल सैद्धान्तिक ज्ञानमा सीमित नरही व्यवहारिक सीप, प्रवर्तनशील सोच तथा प्रविधिमैत्री दक्षता विकासतर्फ उन्मुख हुनु अत्यन्त आवश्यक भएकोले क्याम्पसँगै एक्सपोको आयोजना गर्न लागिएको पनि बास्तोलाले स्पष्ट पार्नुभएको छ । विशेषगरी विद्यालय तहका विद्यार्थीलाई प्रारम्भिक अवस्थामै वैज्ञानिक चिन्तन, समस्या समाधान क्षमता र सिर्जनात्मकता अभिवृद्धि गर्ने अवसर प्रदान गर्न सके मात्र उनीहरूलाई भविष्यको प्रतिस्पर्धात्मक एवम् सक्षम बनाउन सकिन्छ भन्ने मान्यताका साथ एष्ट्रोनोभा फाउण्डेशन नेपालद्वारा यसप्रकारका कार्यक्रम आफुहरुले गर्दैै आएका उहाँले स्पष्ट पार्नुभयो ।

काठमाडौं विश्वविद्यालयअन्तर्गत स्कुल अफ एजुकेसनको समेत आवद्धता रहेको यस कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाले नगर क्षेत्रका बिद्यालयहरुमार्फत समन्वय गर्नेछ । यस क्याम्पमा हेटौंडा नगर क्षेत्र बाहेक अन्य पालिकाका इच्छुक विद्यार्थीहरु पनि सशुल्क सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

Exit mobile version