Home मुख्य समाचार हेटौँडाका १९ वटा वडामा २७ वटा मतदानस्थल, हेटौँडा–४ मा सबैभन्दा बढी मतदाता

हेटौँडाका १९ वटा वडामा २७ वटा मतदानस्थल, हेटौँडा–४ मा सबैभन्दा बढी मतदाता

हेटौँडा–१४ स्थित जनज्योति माध्यमिक विद्यालयमा तयार पारिएको मतदान केन्द्र ।

हेटौँडा : प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यक्रमअन्तर्गत बिहिबार मतदानको कार्यक्रम रहेको छ । मतदानका लागि हेटौँडा उपमहानगरपालिकाका १९ वटा वडामा २७ वटा मतदानस्थल रहेका छन् । हेटौँडाका १९ वटा वडा मध्ये १५ वटा वडा निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ भने ४ वटा वडा क्षेत्र नम्बर २ मा रहेको छ । हेटौँडामा सबैभन्दा बढी मतदाता ४ नम्बर वडामा छ भने सबैभन्दा कम मतदाता १० नम्बर वडामा रहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १, ३, ११ र १९ पर्दछ भने बाँकी वडा क्षेत्र नम्बर १ मा पर्दछ । हेटौँडा–४ मा ९ हजार २ सय ६७ मतदाता छन् । हेटौँडा–४ का मतदाताले भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदानस्थलमा पुगेर मतदान गर्नुपर्नेछ । भुटनदेवी माविमा ९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यस्तै हेटौँडा–१० मा ४ हजार २६ जना मतदाता रहेका छन् । हेटौँडा–१० का मतदाताले ज्ञानदा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् ।

बिहिबार हुने मतदानमा हेटौँडा–१ मा २ वटा मतदानस्थल कायम गरिएको छ । रोपवे भवनमा ४ वटा केन्द्र राखिएको छ भने ३ हजार ८ सय ७८ मतदाताले मतदान गर्नेछन् । यस्तै लालझाडीस्थित बाराही माध्यमिक विद्यालयमा २ वटा मतदान केन्द्रमा १ हजार ४ सय ४ जना मतदाता रहेका छन् । हेटौँडा–२ का मतदाताले सिद्धार्थ माविमा मतदान गर्नेछन् । हेटौँडा–२ मा ५ हजार ४ सय ९३ मतदाता छन् । हेटौँडा–३ मा महेन्द्रकिरण माध्यमिक विद्यालयमा ५ वटा केन्द्रमा ४ हजार ९ सय ८७ मतदाता रहेका छन् । हेटौँडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयमा ९ वटा मतदान केन्द्रमा ८ हजार ९ सय ३८ मतदाता रहेका छन् ।

हेटौँडा–६ स्थित बंशगोपाल माध्यमिक विद्यालयमा ५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । हेटौँडा–६ मा ५ हजार २ सय ९२ मतदाता छन् । हेटौँडा–७ का मतदाताले नवज्योति माध्यमिक विद्यालयमा पुगेर मतदान गर्नुपर्नेछ । ४ हजार २ सय ८७ जना मतदाता रहेको हेटौँडा–७ मा ५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । हेटौँडा–८ का मतदाताले चन्द्रोदय माध्यमिक विद्यालयमा मतदान गर्नुपर्नेछ । चन्द्रोदय माविमा ७ वटा मतदान केन्द्र तय गरिएको छ । हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयमा ७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने ७ हजार १ सय ५९ मतदाता छन् । हेटौँडा–१० का मतदाताले ज्ञानदा माध्यमिक विद्यालयमा निर्धारण गरिएको ४ वटा मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । हेटौँडा–११ मा ६ हजार ९ सय ९० मतदाता छन् । त्रिभुवन माध्यमिक विद्यालयमा ७ वटा मतदान केन्द्र तय गरिएको छ ।

यस्तै हेटौँडा–१२ स्थित प्रतिभा आधारभूत विद्यालयमा ४ हजार ६ सय ७९ मतदाता छन् भने विष्णुज्योति आधारभूत विद्यालयमा ३ हजार ७ सय ७३ मतदाता रहेका छन् । हेटौँडा–१३ मा महेन्द्र माध्यमिक विद्यालय र कालिका निम्न माध्यमिक विद्यालयमा मतदान केन्द्र बनाइएको छ । महेन्द्र माविमा ३ हजार ५ सय ९५ जना मतदाता रहेका छन् भने कालिका निमाविमा २ हजार ४ सय ६५ मतदाता छन् । हेटौँडा–१४ मा जनज्योति माविमा मतदान केन्द्र तयार पारिएको छ । जनज्योति मावि केन्द्रमा ४ हजार ९ सय ३६ मतदाता छन् । हेटौँडा–१५ को वडा कार्यालयमा ३ हजार ७ सय ४० मतदाताले मतदान गर्नेछन् भने चुरियामाई माविमा २ हजार ६ सय ११ मतदाताले मतदान गर्नेछ ।

हेटौँडा–१६ को जनप्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा ३ हजार ३ सय ३६ जना मतदाता छन् भने त्रिभुवन मावि केन्द्रमा २ हजार ६५ मतदाता छन् । हेटौँडा–१७ को दिव्यज्योति आधारभूत विद्यालय केन्द्रमा २ हजार ५ सय ७० मतदाता छन् भने लक्ष्मी आधारभूत विद्यालयमा ३ हजार २ सय ९९ मतदाता छन् । यस्तै हेटौँडा–१८ को कमला आधारभूत विद्यालय केन्द्रमा १ हजार ५ सय ७७ मतदाता छन् भने ज्योति माविमा ४ हजार ४ सय ६९ मतदाता छन् । हेटौँडा–१९ को निर्मल माध्यमिक विद्यालय केन्द्रमा ४ हजार १ सय ८२ मतदाता छन् भने कालिका आधारभूत विद्यालयमा १ हजार ७ सय १७ मतदाता छन् ।

Exit mobile version