Home मुख्य समाचार दुर्घटनामा घाइते निर्वाचन प्रहरीको मृत्यु

दुर्घटनामा घाइते निर्वाचन प्रहरीको मृत्यु

हेटौँडा : दुर्घटनामा परी हेटौँडामा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । गत बिहिबार बिहान २ बजेर ४५ मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–८, कर्रापुल नजिक योद्धा पिकअप गाडीले ठक्कर दिँदा घाइते भएका निर्वाचन प्रहरी रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–७ का २४ वर्षीय पवन साहको उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

साह हेटौँडा–८ स्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत थिए । रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ च १५६५ नम्बरको पिकअपले ठक्कर दिँदा निर्वाचन प्रहरी साह गम्भीर घाइते भएका थिए । साहको उपचारको क्रममा चितवन जिल्लास्थित पुरानो मेडिकल कलेजमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पिकअप गाडी र चालक रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–८ का २५ वर्षीय अर्जुन चौधरी प्रहरीको नियन्त्रणमा रहेको छ ।

Exit mobile version