Home मुख्य समाचार मकवानपुरका निजी विद्यालयले भदौदेखि शिक्षकको तलब नदिने

मकवानपुरका निजी विद्यालयले भदौदेखि शिक्षकको तलब नदिने

हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरले शिक्षकहरुलाई भदौ महिनाबाट तलब सुविधा दिन नसक्ने जनाएको छ । २०७६ सालको पूरै दायित्व र शैक्षिक सत्र २०७७ को भाद्र महिनासम्म केही उपलब्ध गराउँदै आएको भएपनि भाद्र महिनाबाट तलब सुविधा दिन नसक्ने जनाएको छ ।

आज प्याव्सन मकवानपुरका कार्यबाहक अध्यक्ष विनोद सुवेदी र हेटौंडा उपमहानगर समितिका अध्यक्ष राजकुमार नहर्कीले संयुक्त रुपमा जारी गर्नुभएको प्रेस विज्ञप्तिमा विद्यालयहरुमा शुल्क तिर्ने वातावरण बनाउन, वैकल्पिक शिक्षालाई मान्यता दिन स्थानीय तह, अभिभावक, विद्यार्थी, नागरिक समाज एवम् सरोकारवालाहरुलाई आह्वान गरिएको छ । शूल्क तिर्ने वातावरण नबनेसम्म विद्यालयहरुले शिक्षक कर्मचारीको भार बहन गर्न नसकिने भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण पनि गराएको छ ।

त्यस्तै विद्यालयहरुले सञ्चालन गरेको वैकल्पिक शिक्षण सिकाईलाई निरन्तरता दिन विद्यालयलाई आग्रह गर्दै शिक्षण गतिविधिमा आफ्ना बालबालिकाहरुलाई जोड्न अभिभावकहरुलाई आग्रह गरेको छ । प्याव्सनले जारी गरेको विज्ञप्तिमा नियमनकारी सरकारी निकायबाट शूल्क उठाउने सम्बन्धमा ठोस धारणा नआएको भन्दै विद्यालयहो आर्थिक भार बढ्दै गई थेग्न नसक्ने अवस्थामा पुगेको पनि जानकारी गराएको छ ।

Exit mobile version