Home मुख्य समाचार चाइनाक्वार्टरका विपन्न परिवारलाई अमेरिकाबाट बालकृष्णको सहयोग

चाइनाक्वार्टरका विपन्न परिवारलाई अमेरिकाबाट बालकृष्णको सहयोग

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिँदै ।

हेटौंडाः हेटौंडा–१, चाइनाक्वार्टर स्थायी ठेगाना भई हाल अमेरिकाको टेक्सासमा बस्दै आउनुभएका बालकृष्ण चौलागाईले चाइनाक्वार्टरका विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । अमेरिकामा रहनुभएका चौलागाईले हेटौंडाका साथीभाईको सहयोगमा विपन्न परिवारलाई आज खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो ।

हाल अमेरिकामा रहनुभएका सहयोगी बालकृष्ण चौलागाई ।

चौलागाईले ४३ विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको बालकृष्णका साथी हेटौंडा–१, चाइनाक्वार्टरका सागर पुरीले जानकारी दिनुभएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सरकारले लामो समय लकडाउन घोषणा गर्नुका साथै दुईसातादेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका कारण विपन्न परिवारलाई हातमुख जोड्न समस्या भएको महसुस गरी चौलागाईले सहयोग गर्नुभएको हो । वडाका जनप्रतिनिधिको उपस्थितिमा खाद्यान्न सामग्री वितरण गरिएको हो ।

Exit mobile version