Home मुख्य समाचार गाँजा तस्करी गर्ने गाडीका चालक फरार, गाडी र गाँजा प्रहरी नियन्त्रणमा

गाँजा तस्करी गर्ने गाडीका चालक फरार, गाडी र गाँजा प्रहरी नियन्त्रणमा

प्रहरीले नियन्त्रणमा लिएको जीप र जीपमा बरामद लागूऔषध गाँजा ।

हेटौँडा : अबै लागूऔषध गाँजा तस्करी गर्ने गाडीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार भएका छन् । शुक्रबार साँझ साढे ७ बजेको समयमा भीमफेदी गाउँपालिका–२, भैंसेस्थित प्रहरी चेकपोष्टमा सवारीको सुरक्षाजाँच गर्न रोक्न खोज्दा भागेको योद्धा पिकअपलाई प्रहरीले हेटौँडा बजारमा नियन्त्रणमा लिए पनि गाँजा तस्करी गर्ने चालक भने पक्राउ गर्न सकेन ।

भैंसेबाट हेटौँडा बजार आइपुग्ने क्रममा चौकीटोलमा प्रहरी चेकपोष्ट भए पनि प्रहरीले सवारी नियन्त्रणमा लिन नसक्नुलाई आशंकाको दृष्टिले हेरिएको छ । प्रहरीसँग सञ्चार उपकरण हुँदा प्रहरी चौकी चौकीटोल र जिल्ला प्रहरी कार्यालयमा समेत खबर गरी रोक्न सक्ने अवस्था रहँदा पनि प्र्रहरीले चालकलाई नियन्त्रण गर्न नसक्नुलाई प्रहरीको भूमिका नै शंकास्पद देखिन्छ ।

भैंसेबाट फरार भएको प्रदेश ३–०१–०२४ च ४२७० नम्बरको योद्धा पिकअप गाडी लोकप्रिय मोड नजिक चालक फरार भएपछि मात्रै प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीले गाडीबाट लागूऔषध गाँजा १७२ किलो ६०० ग्राम बरामद गरेको जनाएको छ । प्रहरीले फरार चालकको खोजी कार्य भइरहेको जानकारी दिएको छ ।

Exit mobile version