Home मुख्य समाचार लागूऔषध खैरो हेरोइनसहित हेटौँडा-४ का एन्जल पक्राउ

लागूऔषध खैरो हेरोइनसहित हेटौँडा-४ का एन्जल पक्राउ

एन्जलको साथबाट बरामद भएको लागूऔषध खैरो हेरोइन।

हेटौँडा : प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित हेटौँडा-४ का २७ वर्षीय एन्जल दाहाललाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार राती ९ बजेर ४० मिनेटको समयमा हेटौँडा-१५, रातोमाटेबाट एन्जललाई २ ग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३-००१ ज ७८२ नम्बरको यात्रुबाहक भ्यानलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा भ्यानमा सवार एन्जललाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ। प्रहरीले मकवानपुर जिल्ला अदालतबाट अनुमति लिई लन्जललाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

Exit mobile version