हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा-१९, बासुदेव टोलबाट लागूऔषध गाँजासहित ५३ वर्षीय चन्द्रबहादुर मुक्तानलाई पक्राउ गरेको छ। सोमबार राती १० बजेर ३० मिनेटको समयमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले चन्द्रबहादुरलाई पक्राउ गरेको हो।
हेटौँडा-१९, कुवापानीबाट बस्तिपुरतर्फ आउँदै गरेको ना २ ह २६२९ नम्बरको अटोलाई रोकेर प्रहरीले सुरक्षाजाँच गर्दा अटो चालक हेटौँडा-१९ का चन्द्रबहादुरलाई ५ किलो ६० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले चन्द्रबहादुरलाई नियन्त्रणमा लिई आवश्यक कारबाही तथा अनुसन्धान कार्य अगाडि बढाएको जानकारी दिएको छ।
