हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–१, किसेडीमा भीरबाट लडेर एक जना पुरुष गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ५५ वर्षीय अशोक स्याङ्तान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा अशोक यान्द्राङ खोला जंगलमा घाँस–दाउरा काटेर फर्किने क्रममा भीरबाट ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका छन् । उनलाई हेटौंडा अस्पताल सामान्य उपचार पश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।
