हेटौँडा : पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । ठोरी गाउँपालिका–४, विशाल चोकस्थित एक घरमा छापा मारीे ५५ किलोग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
शनिबार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले स्थानीय ३४ वर्षीय सुरेश श्रेष्ठको घरमा खानतलासी गर्दा बिक्री वितरणका लागि ५ वटा प्लास्टिकको पोकामा भण्डारण गरी राखेको ५५ केजी गाँजा फेला परेको थियो । लागूऔषध गाँजासहित श्रेष्ठलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकोे छ ।
