Home मुख्य समाचार मोटरसाइकल दुर्घटनाका घाइते छिरिङको घरमै मृत्यु

मोटरसाइकल दुर्घटनाका घाइते छिरिङको घरमै मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : धादिङको नेत्रावति डबजोङ गाउँपालिका–४, भोक्टेनीस्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारपछि घरमै मृत्यु भएको छ । माघ २ गते शुक्रबार दिउँसो २ बजेको समयमा चौताराबाट पन्ध्रकोषतर्फ जाँदै गरेको बा ८९ प ९८६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक नेत्रावति डबजोङ गाउँपालिका–३ चौताराका १९ वर्षीय तपुन तामाङ, पछाडी सवार १७ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय सम्राट तामाङ घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं लगिएको थियो । उपचार पश्चात चालक तपुन र सम्राट आइतबार डिस्चार्ज भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका छिरिङ माघ ५ गते आफन्तले आफुखुसी घर ल्याएका थिए । उनको सोमबार बिहान ६ बजेर ३० मिनेटको समयमा घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल चालक तपुन जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version