हेटौँडा : चितवन जिल्लाको माडी नगरपालिका–१ स्थित मरड खोलाको छेउमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुरका २१ वर्षीय अशोक भट्टराई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडो जानकारी दिएको छ ।
सोमबार दिउँसो ३ बजेको समयमा घाँस–दाउरा काटन गएका बेला गैडाले आक्रमण गर्दा अशोक गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा रिफर गरिएको थियो । उपचारका क्रममा राति ९ बजेरको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
